मोरङ प्रहरीले थाल्यो पीडितसँग भेटघाट कार्यक्रम

मोरङ प्रहरीले थाल्यो पीडितसँग भेटघाट कार्यक्रम

विराटनगर । पीडकको भयबाट पीडितलाई मुक्त राख्न मोरङ प्रहरीले ‘पीडित पुनः भेटघाट’ कार्यक्रमको सुरुवात गरेको छ । पीडितमाथि हुने दवाव र प्रभाव तथा हस्तक्षेप न्यून गर्नका लागि प्रहरीले घरमै पुगेर भेटघाट कार्यक्रम सुरु गरेको हो ।

पीडितमैत्री वातावरण सिर्जना गर्दै कसुरदारलाई कानून बमोजिम सजाय दिलाएर समाजलाई अपराध र भयबाट मुक्त बनाउन जिल्लाभर अभियान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।


पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु र नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा ब्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धि सूचनाको अधिकार, न्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकार, क्षतिपूर्ती तथा सामाजिक पुनस्स्थापनाको अधिकार, दण्डहिनताको अवस्था सृजना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गर्न थालिएको हो ।

प्रहरीले असोज १ गतेदेखि यो अभियानको प्रारम्भ गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले शुरूवातको क्रममा २०४२ साल भाद्र १८ गते भएको खुन डाका मुद्दाका पीडित विराटनगर महानगरपालिका(३ बस्ने बर्ष ८५ को धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जि.सी.सहितको टोलीले भेटे प्रारम्भ गरुेको छ ।

उक्त घटनामा संलग्न रही फरार रहेका जिल्ला मोरङ कटहरी गाउँपालिका–७ तकिया बस्ने बर्ष ८७ को उजारू चौधरी थारू र जिल्ला मोरङ कटहरी गाउँपालिका–७ तकिया बस्ने बर्ष ५० को शिवना सरदार वातरलाई ३५ बर्ष पछाडि भदौ ९ गते पक्राउ गरिएको थियो ।
यसैगरी ईलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले पीडित पुनस् भेटघाट कार्यक्रम, २०७८ को शुरूवात गरेको र पीडितहरूले प्रहरी घरमै आएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा खुशी ब्यक्त गरी यो कार्यक्रमको प्रशंसा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्