मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको बिदाई

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको बिदाई

विराटनगर । मोरङ जिल्लाबाट सरुवा हुनु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको भव्य बिदाई गरिएको छ । मोरङमा स्थानीय प्रशासनको जिम्मेवारी सम्हाल्दा सबैसँग सहकार्य गरेर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको बिदाई गरिएको हो ।

मोरङ व्यापार संघले आइतबार प्रमुख जिल्ला अधिकारी निरौलालाई बिदाई गरेको छ । संघका कार्यवहाक अध्यक्ष नविन रिजालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश समिति र जिल्ला समितिले समेत प्रमुख जिल्ला अधिकारीसँग आइतबार बिदाई भेट गरेको थियो । प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे र मोरङ शाखाका अध्यक्ष संजीव खनाल नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारीलाई बिदाई गर्नु भएको थियो ।

आफ्नो कार्यकालमा सबै क्षेत्रलाई समेटेर कार्य गर्ने प्रयत्न गरेको बताउँदै त्यस अवसरमा निरौलाले केहि विषयको बुझाईमा समस्या भएर अन्यथा पर्न गएको भए सबैले त्यसलाई बिर्सिदिन आग्रह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्