प्रेस संगठन मोरङको ३७ सदस्यीय समिति निर्माण, संयोजकमा आचार्य

<span class='c1'>प्रेस संगठन मोरङको ३७ सदस्यीय</span> <span class='c2'>समिति निर्माण, संयोजकमा आचार्य</span>

विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको हो ।

सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सुमन कुरुङ्बा, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू रहेका छन् । यस्तै विपुल सुवेदी, पुजन दास, मिनु मोक्तान, बबिता लिम्बू, सम्झना राई, सुरज ढंगाना, विनोद मेहता, स्मृति तिमल्सिना, राजकुमार मण्डल, सुरञ्जन लिम्बू र सुशिल साह रहेका छन् । पछि एक जनाथप गरिने संयोजक आचार्यले जानकारी दिनुभयो ।

भेलामापूर्व मन्त्री राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह–इन्चार्ज कूलप्रसाद साम्बा, संविधानसभा सदस्य लालबहादुर सुस्लीङ मगर, माओवादी मोरङका संयोजक गणेश उपे्रती(शुसिल), प्रेस संगठनका केन्द्रीय सचिव तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश संयोजक राजन केडी, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, प्रदेश कोषाध्यक्ष मोहन भट्टराईलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्