विराटनगरमा जिभ कियरको ९० दिने सहायक व्युटिसियन सम्बन्धी तालिम सुरु

विराटनगरमा जिभ कियरको ९० दिने सहायक व्युटिसियन सम्बन्धी तालिम सुरु

विराटनगर ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा सिटीभिटी अन्तर्गतको ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको छ । जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई ) नेपालको आयोजना तथा तागेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टर विराटनगरको सहकार्यमा ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको हो ।


९० दिने तालिमको उद्घाटन विराटनगर महानगरपालिका ९ का वडाअध्यक्ष विश्वनाथ भगतले गर्नुभएको थियो । त्यसैगरी तालिमको उद्घाटन कार्यक्रममा जिभ करियर ईन्सिच्युट प्रा.लि(जेसिआई ) नेपाल विरु बराईली र राजन लोहनी, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल महानगर कमिटि सचिव भलि सुब्बा, तागेर व्युटिपालर एण्ड ट्रेनिङ सेन्टरकी संचालिका गिता धिमाल, कला मनोरञ्न क्षेत्रका सञ्चारकर्मी प्रेम देवान लगायतको उपस्थित रहेको थियो । तालिमको शुभराम्भ गर्दै प्रमुख अतिथी विश्वनाथ भगतले महिलाहरूलाई यस्ता सिपमुलक तालिमले आत्मनिर्भर बनाउन सहयोग मिल्ने बताउनभयो । महिलालाई आत्मनिर्भर बनाउन वडाले सीप मुलक तालिम र क्षमता अभिवृद्धी गर्ने कार्यक्रमहरू पनि लिएर आएको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सहभागी अतिथीहरुले तालिममा सिकेको ज्ञान व्यवहारमा उतारेर महिलाहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्