काङ्ग्रेस महाधिवेशन : विराटनगर ५ को सभापतिमा चार जनाको दाबेदारी

काङ्ग्रेस महाधिवेशन : विराटनगर ५ को सभापतिमा चार जनाको दाबेदारी

विराटनगर । आउँदो असोज ६ गते हुन गईरहेको नेपाली काङ्ग्रेसको वडा अधिवेशनले प्रदेशको राजधानी विराटनगरमा समेत चुनावी सरगर्मी बढेको छ ।

आउँदो बुधबार हुने भनिएको वडा अधिवेशनमा क्रियाशिल सदस्यहरुले वडाको नेतृत्व, बुथ सभापति र क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् । उक्त पदमा मनोनयन दर्र्ताका लागि असोज ५ गते बिहान १० बजेदेखि दिनको ३ बजेसम्मको समय छुट्याईएको छ । विराटनगर–५ को वडा समितिको सभापतिमा धेरै आकांक्षी देखिएपनि अन्ततः मात्र ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी उम्मेदवारी दिनेमा प्रभाकरमान सिंह कार्की (गैंडे), रोम भट्टराई, काजीबाबु पोखरेल र सुरेश श्रेष्ठ रहेका छन् ।

उम्मेदवारीको घोषणा गर्नेहरुमा कार्की बलिया युवा उम्मेदवार मानिन्छन् । उनी नेवि संघ नगर सदस्य हुँदै जिल्ला सदस्य र जिल्ला उपसभापति समेत भईसकेका व्यक्ति हुन् । कार्की आफूलाई सबै गुटको उम्मेदवार मान्छन् । ‘म युवाको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएको हुँ,’ उनी भन्छन, ‘मेरो प्राथमिकता भनेको लोकतन्त्र र सुशासन हो ।’

वडाको नेतृत्व गर्न चाहने वडा समितिको सभापतिमा उम्मेदवारी दिने भएका रोम भट्टराई पनि कार्की समक्ष दरिलो प्रतिस्पर्धीको रुपमा उभिएका छन् । दुईपटकसम्म वडा समितिको सचिव भईसकेका भट्टराईले २०४५ सालको आन्दोलनमा होमिएर भएर २०४७ सालमा नेवि संघको सदस्य रुपमा आफ्नो राजनितिक यात्रा तय गरेका थिए । सक्रिय युवा नेताको पहिचान बनाएका कार्कीले आउँदो निर्वाचनका लागि ‘देशको सम्मुनत विकासका लागि नेपाली कांगे्रसको स्थायित्व, शान्ति, समृद्धि तथा संगठन सुदृढीकरणमा युवाको भुमिका र दायित्व’ भन्ने सोचका आवश्यक प्रचारप्रसारमा जुटेका छन् । संगठन सुदृढिकरणमा उनको बिशेष भुमिका रहेको उनले बताएका छन् ।

यस्तै वडा सभापतिका उम्मेदवार रहेका सुरेश श्रेष्ठ यसअघि बुथ समितिको सदस्य रहीसकेका छन् । अन्य उम्मेदवारहरुको तुलनामा बलियो प्रतिस्पर्धी नभएपनि उनले पहिलोपटक वडा समिति सभापतिको रुपमा नेतृत्व गर्न चाहेका हुुन् । निमार्ण व्यावसायीका रुपमा पहिचान बनाईसकेका श्रेष्ठ २०४८ सालदेखि पार्टीप्रति प्रतिबद्ध भई क्रियाशील छन् । पार्टी अफिसको स्थापना र सदस्यहरुलाई संगठित बनाउने उनको पहिलो चुनावी एजेण्डा रहेको उनले जानकारी दिएका छन् ।

यस्तै कानुनी अधिवक्ता समेत रहेका काजीबाबु पोख्रेल पनि वडा समितिको सभाापतिमा दरिलो प्रतिस्पर्धीको रुपमा उम्मेदवारी दिने भएका छन् । २०४६ सालदेखि नेपाली कांग्रेसमा संलग्न भई छुट्टै पहिचान बनाएका पोख्रेल ३ कार्यकालसम्म नेपाली कांग्रेस वडा नं. ५ समितिको सचिवको रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । क्षेत्र नं. ६ को क्षेत्रीय प्रतिनिधि निर्वाचित निर्वाचित भएर सह–सचिव समेत भईसकेका उनी स्वच्छ संगठन निर्माणमा विश्वास राख्छन् । आगामी दिनमा सबैलाई समेटेर जाने र युवा पुस्तालाई प्राथमिकता दिने बिषयमा उनको बिशेष जोड छ ।

असोज ६ गते हुने वडा अधिवेशनका लागि भने असोज ५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्