नेपाली काँग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिमा मोरङका अधिकांश वडामा सर्वसम्मत प्रयास

नेपाली काँग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिमा मोरङका अधिकांश वडामा सर्वसम्मत प्रयास

विराटनगर । आउँदो असोज ६ गतेका लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा झण्डै ३२ सय क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मतिले चयन हुने सम्भावना बढेको छ ।

काँग्रेसको क्रियाशील विवाद टुंगो लागेपछि मोरङको १७ स्थानीय तहका १५९ वटै वडामा सर्वसम्मतिले क्षेत्रीय प्रतिनिधि चयन हुने सम्भावना बढेको हो । मोरङको रंगेली, सुनबर्षी, विराटनगर र लेटाङ लगायतका स्थानीय तहका अधिकांश वडाहरुमा सर्वसम्मतिले क्षेत्रीय प्रतिनिधि चयन हुने छलफल निष्कर्षमा पुगेको विराटनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयले जनाएको छ । २५० जना क्रियाशील सदस्यहरु रहेको वडामा २६ जना र सो भन्दा बढी क्रियाशील रहेको वडामा १५ जना क्षेत्रीय प्रतिनिधिहरु थपिने कार्यालयले जानकारी दिएको छ । असोज ६ गते हुने भनिएको वडा अधिवेशनमा क्रियाशिल सदस्यहरुले वडाको नेतृत्व, बुथ सभापति र क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् । उक्त पदमा मनोनयन दर्र्ताका लागि भोलि (असोज ५ गते) बिहान १० बजेदेखि दिनको ३ बजेसम्मको समय तोकिएको पार्टी जिल्ला सचिव मोदराज घिमिरेले बताए । उनले जिल्ला सभापति, केन्द्रिय सदस्य, क्षेत्रीय सभापति र प्रदेश तथा संघीय सांसदहरुले क्षेत्रीय प्रतिनिधिमा उठ्नु नपर्ने जानकारी दिए ।

विराटनगरका मेयर वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवार

नेपाली कांग्रेसको बलियो पकड क्षेत्र मानिएको प्रदेश १ को राजधानी विराटनगरमा पनि क्षेत्रीय प्रतिनिधि, बुथ सभापति र वडाको नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएकोे छ । चुनाव नजिकिएसँगै विराटनगरको वडा नं. ३ बाट क्षेत्रीय प्रतिनिधि पदका लागि भीम पराजुली, मनोज बस्नेत, बाबुराजा ओझा, सुदिप रिजाल, कमल पुडासैनी, राजु थापा, पुष्प निरौला र विनोद बस्नेत लगायतले उम्मेदवारी दिने भएका छन् । यस्तै वडा नं. ३ को बुथ सभापतिका लागि शत्रुघन पौडेल, राजेन्द्र पोख्रेल, धर्म बाँनिया र सन्तोष अधिकारीले उम्मेदवारी दिने भएका छन् । वडा नं. ३ का ९ सय ३७ जना क्रियाशील सदस्यहरुले उनीहरुलाई मतदान गर्नेछन् ।

यस्तै ५२५ जना क्रियाशील रहेको वडा नं. ४ मा ६७ जना क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मतिले निर्वाचित हुने सम्भावना देखिएको छ । यसपटकको अधिवेशनमा वडा नं. ४ का अध्यक्ष देवेन्द्रराज पोखरेल पनि क्षेत्रीय प्रतिनिधिका उमेद्वार हुनेछन् । वडा नं. ४ को बुथ सभापति पदका लागी भने यसपटक विरेन प्रसाद यादव र राजकुमार तवदारले मनोनयन दर्ताको तयारी गरेका छन् । यस्तै वडा नं. ७ मा सर्वसम्मपतिले ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधी चयन हुने बहस चलिरहेको बेला खुल्लातर्फको १८ वटा पदमा विवाद देखिएको छ । विवाद समाधान गरेर सर्वसम्मत नै गराउने प्रयास भईरहेको वडा नं. ७ का वडाध्यक्ष मुधबाबु तिवारीले बताए । उनले वडा नं. ७ को बुथ सभापतिमा पनि अशोकराज बिष्ट सर्वसम्मतले चयन हुने जानकारी दिए । ५०५ जनाक्रियाशील सदस्यहरु रहेको यस वडामा भने क्षेत्रीय प्रतिनिधिका लागि जितेन्द्र गोल्छा, दिलीप धाडेवा, सुशील कोईराला र सुमित्रा प्रसाई लगायतको चर्चा चलेको छ ।

यसबाहेक वडा नं. ८ बाट पनि क्षेत्रीय प्रतिनिधिमा पुष्पराज आचार्य, नारायणबाबु कार्की, केदार प्र. घिमिरे, सुबोध रेग्मी, सन्तनु रेग्मी र निश्चल अर्याल लगायतका उम्मेदवारहरु उठ्ने देखिएका छन् । बुथ सभापतिमा भने दीपक भट्टराई, सिर्जन आचार्य र कविराज कुँवरको नामबाहिर आएको वडाध्यक्ष निश्चल अर्यालले बताएका छन् । यस्तै वडा नं. ९ ले भने उम्मेदवारी दर्ताका लागि आवश्यक छलफल भईरहेको जनाएको छ । सम्भवतः सहमतिमा जाने तयारी भईरहेको जनाईएको छ ।

यस्तै वडा नं. १० मा मधेशी, जनजाति, पुरुष र महिला गरि क्षेत्रीय प्रतिनिधिमा ३६ जनाले उम्मेदवारी दिने भएका छन् । वडाको बुथ सभापतिमा भने अर्जुन कार्की, कृष्णगोपाल दाहाल र पारस कोईरालाको चर्चा चुलिएको छ । वडा नं. १३ मा पनि क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध चुनिने र बुथ सभापतिमा अम्बिका खड्का तथा तारानाथ तिम्सिनाको नामबाहिर आएको नेपाली कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्