लिबियाको तटीय क्षेत्रबाट १ सय ३४ आप्रवासीको उद्धार

लिबियाको तटीय क्षेत्रबाट १ सय ३४ आप्रवासीको उद्धार

त्रिपोली।

संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले सोमबार १ सय ३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १ सय ३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ ।

लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४ सय २० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको छ ।

उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ । यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन् ।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्