नेपाली काँग्रेस महाधिवेशन : विराटनगर–११ को अनिश्चिकालका लागि स्थगीत

<span class='c1'>नेपाली काँग्रेस महाधिवेशन : विराटनगर–११</span> <span class='c2'>को अनिश्चिकालका लागि स्थगीत</span>

विराटनगर । विराटनगर–११ को वडा सभापतिमा शिक्षकले उम्मेदवारी दिएको भन्दै परेको दावी विरोधको निरुपण नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगीत भएको छ । प्रतिस्पर्धी सहितका क्रियाशील सदस्यले शिक्षक समेत रहेका यसअघिका बुथ सभापति रामसुन्दर राजवंशीले पुुनः दोश्रो कार्यकालका लागि सभापति पदको उम्मेदवारी दिएको भन्दै परेको उजुरीका कारण विवाद उत्पन्न हुँदा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगीत गरिएको हो ।

मतदान अधिकृतले विवाद निरुपण नहुँदासम्म निर्वाचनका कार्यक्रम स्थगीत गरिएको सूचना टाँस गरेपछि वडा अधिवेशन प्रभावित बनेको छ । बुधबार हुन गईरहेको नेपाली कांग्रेसको वडा अधिवेशनका लागि मङ्गलबार वडा नं. ११ स्थित संगम पार्टी प्यालेसमा उम्मेदवारी दर्ता गराइएको थियो । कार्यक्रममा राजवंशीले उम्मेदवारी दिएपछि उनका प्रतिस्पर्धी समेत रहेका सञ्जय नेपालले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, रामसुन्दरले उम्मेदवारी फिर्ता नलिने बताएपछि नेपाल सहितका क्रियाशीलहरुले दावी विरोध गरेका थिए ।

नेपाल शिक्षक महासंघको शिक्षक तथा अन्य कर्मचारीको पदीय आचरण सम्बन्धी नियमावलीमा कुनैपनि शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्यमा बस्न नपाईने व्यवस्था गरिएको छ । कुनैपनि राजनीतिक दलको कार्यकारिणी समितिको सदस्यमा रहेको पाईए त्यस्ता शिक्षक तथा कर्मचारीलाई आफ्नो पदीय दायित्वबाट मुक्त गरिने महासंघको विधानमा उल्लेख छ । तर, रामसुन्दरले भने महासंघको उक्त विधान विपरित क्रमाङ्क संख्या १०९ मा वडा तहको सभापति पदको उम्मेदवारी दिएपछि विवाद सिर्जना भएको थियो ।

क्रियाशीहरुमध्ये सचिव पदका उम्मेदवार माधवराज सापकोटा, मधेशी कोटाबाट क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार विजय ठाकुर र क्रियाशील सदस्य सारदा गौतमले राजवंशी विरुद्ध उनको उम्मेदवारी फिर्ता हुनुपर्ने माग सहित दाबी विरोध पेश गरेका थिए । तर, नेपाली कांगे्रसको विधानमा शिक्षकले उम्मेदवार उठ्न नपाउने उल्लेख नभएपनि निर्वाचन अधिकृत कविता बस्नेतले दुवैतर्फीलाई विवाद समाधानका लागि वार्तामा बस्न गरेको आग्रह गरेपनि विपक्षीहरुले कुनै निष्कर्ष स्वीकार गर्न तयार नभएपछि निर्वाचन नै रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्