विराटनगरका चारवटा वडामा सर्वसम्मत, कुन वडामा को–को छन् दाबेदार

विराटनगरका चारवटा वडामा सर्वसम्मत, कुन वडामा को–को छन् दाबेदार

विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएका छन् । विराटनगर ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु मंगलबार भएको मनोनयनसँगै सर्वसम्मत चयन भएका हुन् ।

विराटनगर ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल सवैसम्मत भएका हुन् ।  विराटनगर १६ मा उपसभापति र क्षेत्रीय प्रतिनधिहरू पनि सर्वसम्मत चयन भएका छन् । यो वडाका उपसभापतिमा संजीव मण्डल र उमेश तामाङ पनि सर्वसम्मत चयन भएको वडाध्यक्ष सुब्बाले बताए ।

सर्वसम्मत भएका बाहेक बाँकी १५ वडामा बुधबार निर्वाचन हुने भएको छ । विराटनगर १ मा वडा सभापतिमा उद्धव अर्याल र छवि पराजुलीले उम्मेदवारी दिएका छन् । उनीहरू वडा सभापति, उपसभापति र क्षेत्रीय प्रतिनिधिमा प्यालन बनाएर चुनावी मैदानमा होमिएका छन् । वडा सभापतिमा उम्मेदवारी दिएका अर्याल विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष पनि हुन् ।

विराटनगर २ को वडा सभापतिमा ज्ञानेश्वर नेपाल र कुमार कटुवालको उम्मेदवारी परेको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको घर भएको वडा विराटनगर ३ मा कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो वडामा पाँच जनाले वडा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । महानगरपालिका भित्र सबैभन्दा बढी क्रियाशील सदस्य रहेको यो वडामा शत्रुधनचन्द्र पौडेल, धर्मेन्द्र बानिया, राजन पोखरेल, सन्तोष अधिकारी र बावा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । ९ सय ३७ क्रियाशील सदस्य रहेको काँग्रेस नेता तथा विराटनगर ३ का वडाध्यक्ष विनोदकुमार बस्नेतले जानकारी दिए ।

विराटनगर ४ मा राजकुमार तवदार र विरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर ५ मा वडा सभापतिमा चार जनाको उम्मेद्वारी परेको छ । यो वडामा प्रभाकरमान सिंह कार्की, सुरेश श्रेष्ठ, रोम भट्टराई र काजीबावु पोखरेलको उम्मेदवारी रहेको छ । विराटनगर ६ मा तीन जनाको उम्मेद्वारी परेको छ । बुद्धि थापा, राम ढकाल र अमरबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् । विराटनगर ८ मा कविराज कुँवर, दिपक भट्टराई र सृजन आचार्यको उम्मेदवारी परेको छ । विराटनगर ११ मा संजय नेपाल र रामसुन्दर राजवंशीले वडा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । यो वडाको निर्वाचन अनिश्चित भएको छ ।

विराटनगर १२ मा हरिनारायण यादव र देवीराज दाहाल रहेका छन् । १३ मा तारानाथ तिम्सिना र मुन्ना रिसाल छन् भने १४ मा प्रदिप यादव र श्रवण यादव प्रतिष्पर्धी छन् । १५ मा प्रकाश साह र दिगम्बर ढुंगेल छन् । विराटनगर १८ मा बसन्त राजवंशी र तुला यादवले वडा सभापतिमा प्रतिष्पर्धा गर्दा१९ मा जितेन्द्र खवास र शेषराज राजवंशी आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्