विराटनगरमा नेपाली काँग्रेसको वडा अधिवेशनमा निर्वाचन हुँदै

विराटनगरमा नेपाली काँग्रेसको वडा अधिवेशनमा निर्वाचन हुँदै

विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका वडाहरुमा आज निर्वाचन भईरहेको छ । वडा समिति र बुथ सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनका क्रियाशिल सदस्यहरुले अहिले मतदान गरिरहेका हुन् ।
विराटनगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएईसकेका छन् । विराटनगर ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु मंगलबार भएको मनोनयनसँगै सर्वसम्मत चयन भएका हुन् ।

बाँकी रहेका वडामा मतदान भईरहेको नेपाली काँग्रेस महानगरका नेता तथा सभापतिका आकांक्षी दिपक चापागाँईले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाबाट ६२५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । महानगरमा ८ हजार ८ को हाराहारीमा क्रियाशिल सदस्य रहेका छन् । वडा–वडा विभिन्न स्थानमा अहिले वडा अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम जारी रहेको छ । मोरङका सबै स्थानीय तहहरुमा आजै मतदान भईरहेको छ । सर्वसम्मत बाहेकका सबै वडामा अधिवेशन भईरहेको हो । नेपाली काँग्रेस मोरङमा ३१ हजार भन्दा बढी संख्यामा क्रियाशिल सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्