नौ बर्षिय अनुष्काले गरिन् जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

नौ बर्षिय अनुष्काले गरिन्  जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

बिराटनगर।

बिराटनगर स्थित किड्स भिलेज विद्यालयमा कक्षा तिनमा अध्ययनरत विद्यार्थी अनुष्का अधिकारीले आफ्नो जन्मदिन को अवसरमा लायन्स क्लब अफ बिराटनगर युनिकको तर्फबाट सहयोग गरेकी छिन् ।

उनले जहदा गाउँपालिका वार्ड नम्बर १ धुनी टोलका आर्थिक स्थिति निकैनै न्यून भएको परिवारलाई आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकि हुन् । उनले नगद २५ सय र २ महिनाका लागि पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन् ।

साथै कार्यक्रममा लायन्स युनिकका अध्यक्ष सन्जय शाह, पुर्व अध्यक्ष प्रविन अग्रवाल, लायन चन्द्र अधिकारी , लायन रमेश राउत र सामाजिक अभियान्ता पेरिस सुबेदि लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्