विराटनगर–१० मा क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व निर्विरोध

<span class='c1'>विराटनगर–१० मा क्षेत्रीय प्रतिनिधि</span> <span class='c2'>र वडाको नेतृत्व निर्विरोध</span>

विराटनगर । नेपाली काँग्रेसको बुधबार भएको वडा अधिवेशनमा विराटनगर–१० का क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।

यसरी निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा खुल्लाबाट जसवन्त पौडेल, दाताराम पौडेल, टिका बहादुर क्षेत्री, केशर प्रसाद बस्नेत, रोशन कुमार आचार्य, लिलाकुमार ढुंगेल, पारस कोईराला, श्याम प्रसाद ढुंगेल, जीवन आचार्य, कृष्णप्रसाद दाहाल, पशुपति उपाध्याय, राजु मास्के, धुव्र कार्की र सन्तोष कुमार ढुंगाना रहेका छन् ।

खुल्ला महिलामा राधिका खडका, राधा रेग्मी, इन्दिरा दाहाल, इन्दु ढुंगाना, गंगा सुवेदी प्याकुरेल र सुशीला ओझा निर्विरोध निर्वाचित भएकी छन् । यस्तै खस आर्य पुरुषमा रमेश आचार्य, प्रभास दाहाल र डिगेन्द्र राउत तथा महिलामा सुनिता पोखरेल र इश्वरी पोखरेल निर्वाचित भएकी छन् भने आदिवासी तथा जनजाति महिलामा पिङ्गला श्रेष्ठ निर्वाचित भएको पार्टीका सहायक निर्वाचन अधिकृत जयबहादुर भुजेलले बताए ।
उनले बुधबारको निर्वाचनमा वडा नं. १० मा श्रुति शर्मा र दिमा दास पनि मधेशी महिला कोटाबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको जानकारी दिए । मधेशी खुल्लामा भने कमल नारायण राय, सुरज कुमार मिश्र र देव मण्डल निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यकमा दिपक राम अमर, मुस्लिममा मोहम्मद अब्दुल हुसेन, थारुमा डा. दुर्गानन्द चौधरी र आदिवासी खुल्लामा अजयकुमार राई ‘सनम’ पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वडा नं. १० को वडा समितिको सभापतिमा अर्जुन कुमार कार्की, उप–सभापतिमा मोहन बहादुर केसी र विजय दाहाल, सचिवमा सागर सापकोटा र माधव सुवेदी तथा सह–सचिवमा सुदर्शन दाहाल र राजकुमार कार्की सर्वसम्मतिले निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्