सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्धारा निन्दा

<span class='c1'>सुडानमा भएको सत्ता हत्याउने</span> <span class='c2'>प्रयासको दक्षिण सुडानद्धारा निन्दा</span>

जुबा।

दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ ।

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले यहाँका राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको थियो ।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्