विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित

<span class='c1'>विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि</span> <span class='c2'>र वडा कार्यसमिति निर्विरोध निर्वाचित</span>

विराटनगर । नेपाली काँग्रेसको वडा अधिवेशनमा विराटनगर–७ का क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।

काँग्रेसको वडा अधिवेशनको निर्वाचन बुधबार भएपनि वडा नं. ७ मा मङ्गलबार नै सर्वसम्मतिमा जाने सहमति भईसकेको थियो । वडा नं. ७ बाट यसरी क्षेत्रीय प्रतिनिधिमा खुल्लाबाट निर्वाचित हुनेमा मुधबाबु तिवारी, पदमबहादुर श्रेष्ठ, दशभुज कोईराला, राजेश पोखरेल, सन्तोष ढुंगाना, दीपकराज बिष्ट, दीपक कोईराला, सोभितराज प्रसाई, मन्जिल गौतम, महेन्द्र तिवारी विकास पराजुली, टंक पोखरेल, सुशील कोईराला, लक्ष्मण बस्नेत, जर्नादन निरौला, शैलेन्द्र पाण्डे र दीपक लोहनी रहेका छन्् ।

खुल्ला महिलामा अनुपमा रिजाल, सावित्री पराजुली, पुनम कोइराला, गिता सिलवाल, प्रभा आचार्य, शिला श्रेष्ठ, पुष्पा कार्की, मृदुला कोईराला र सावित्री ढकाल निर्विरोध निर्वाचित भएकी छन् । यस्तै खस आर्य महिलामा माया कार्की, चित्रलेखा आचार्य र दुर्गादेवी बस्नेत निर्वाचित भएकी छन भने खस आर्य खुल्लामा सरद आचार्य, लोकबहादुर कार्की र भैरव क्षेत्री निर्वाचित भएका छन् । यस्तै क्षेत्रीय प्रतिनिधिमा आदिवासी तथा जनजातिमा लक्ष्मण गुरुङ, ईन्द्रजित राजबस्नेत र लिला श्रेष्ठ तथा मधेशी महिलामा प्रमिला कुुमारी कर्ण, ज्योती कुमारी अग्रवाल र पुनम कर्ण निर्वाचित भएको पार्टीका सहायक निर्वाचन अधिकृत जयबहादुर भुजेलले बताए । उनले जितेन्द्र गोल्छा, दिलीप धारेवा र लखन मण्डल पनि मधेशी कोटाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको जानकारी दिए । उनका अनुसार वडा नं. ७ बाट क्षेत्रीय प्रतिनिधिमा दलितमा कमल विश्वकर्मा, थारुमा ममता चौधरी र मुस्लिममा मोहम्मद साद कुरेशी सर्वसम्मतिले निर्वाचित भएको जानकारी दिए ।

यस्तै वडा नं. ७ को वडा कार्यसमितिको सभापतिमा अशोकराज विष्ट, उप–सभापतिमा जितेन्द्र अग्रवाल र नितु बस्नेत, सचिवमा ऋषि खतिवडा र आशा खत्री तथा सह–सचिवमा सुधिर कुमार कर्ण र रञ्जना बुढाथोकी सर्वसम्मतिले निर्वाचित भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्