खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ आजबाट संचालनमा

<span class='c1'>खनारमा आकर्षक अफरसहित जेडि</span> <span class='c2'>एडभरटाइजिङ आजबाट संचालनमा</span>

विराटनगर।

सुनसरीको खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ प्रा.लि सञ्चालनमा आएको छ । इटहरी वडा नं.१२ का वडाअध्यक्ष हेमानन्द दाहालले यसको उद्घाटन रिबन काटेर गरेका थिए ।

आजबाट संचालनमा ल्याइएको यस कम्पनीमा एक्वाको आरो, वाल पेपर, वाल फर्म, क्यान्भास, मुराल पाइनुका साथै कुरियर, प्लेन टिकट समेत काटिने सञ्चालक जेनिश दाहालले जानकारी दिए ।

सबैतिर यस प्रकारको कम्पनिहरु भएको तर खनारमा भने यस्तो किसिमको व्यवसायको अभाव भएकाले यहाँका बासिन्दालाई सहज होस् भनेर सञ्चालनमा ल्याएको उनले बताए । आफ्नो अनुभव पनि मार्केटिङ क्षेत्रमै भएकाले यस क्षेत्रलाई नै रोजेको दाहाल भन्छन्।

यस्तै, उनले ओपनिङ अफरमा आरोमा १५ सय रुपैयाँ छुट, एउटा प्रि फिल्टर छुट दिनुका साथै टेबल फेन समेत दिइने बताएका छन् साथै एक सातासम्मलाई वाल पेपर र फर्ममा पनि एक रोलको खरिदमा ५ सय रुपैयाँ समेत छुटको आकर्षक अफर समेत राखिएको कम्पनीले जनाएको छ ।

यो संगै जेडिमा विभिन्न कम्पनिको एडभरटाइजिङ गरिने र १ सय जनासम्म युवालाई रोजगारी समेत दिइने जानकारी दिइएको छ ।

उद्घाटनको अवसरमा वडाअध्यक्ष दाहालले खनारमा यस प्रकारको कम्पनी सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै कार्य सफलताको शुभकामना समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्