रोकीएको पिकअप पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु

रोकीएको पिकअप पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु

विराटनगर।

इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् । इलाम बजारबाट हिजो बेलुका पौने ७ बजे सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

पिक अप र चालक इलाम सन्दकपुर गाउँपालिका १ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्