मोरंगको बुढिगंगामा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

<span class='c1'>मोरंगको बुढिगंगामा बसको ठक्करबाट</span> <span class='c2'>साईकल यात्रीको मृत्यु</span>

विराटनगर।

मोरङ बुढिगंगा गाउँपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् ।

विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले हिजो बेलुका सँवा ६ बजे सोही दिशातर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्