नेपाली काँग्रेस महाधिवेशन : यस्तो छ विराटनगरका १९ मध्ये ११ वडाको मतपरिणाम

नेपाली काँग्रेस महाधिवेशन : यस्तो छ विराटनगरका १९ मध्ये ११ वडाको मतपरिणाम

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बुधबार विराटनगरमा भएको वडाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

विराटनगरका १९ मध्ये ११ वडाको मतपरिणाम सार्वजनिक भएको हो । दुई वडामा भने मतगणना जारी रहेको बताईएको छ । केही वडामा क्षेत्रीय प्रतिनिधि र वडा समितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएपनि बुधबार अधिकांश वडामा भने मतदान नै भएको थियो । त्यसमध्ये बिहीबार विराटनगर वडा नं २, ३, ४, ५, ११ र १२ को मत परिणाम घोषणा भएको थियो ।

विराटनगर वडा नं २ मा कुमार कटवाललाई पराजित गर्दै ज्ञानेश्वर नेपाल सभापतिमा निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित नेपालले २६५ मत ल्याउँदा कटवालले भने ७५ मत मात्र ल्याएका छन्् । सो वडाबाट विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की सहित नगर सभापतिका उम्मेदवार दीपक चाँपागाई, अरुण न्यौपाने, केदार अधिकारी, विजय सापकोटा, ज्योति आचार्य, प्रकाश बुढाथोकी र रेखा पराजुली लगायतका उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । नगर सभापतिका उम्मेदवार चाँपागाईले खुला तर्फ सर्वाधिक २६१ मत पाएका छन् ।

वडा नं ३ मा वर्तमान सभापति शत्रुघन पौडेल भारी मतान्तरले पुनः सभापतिमा विजयी भएका छन् । उनले ४१६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी राजेन्द्रकुमार पोखरेलले भने २६१ मत मात्र पाएका छन् । यस्तै उप–सभापतिमा ४९७ मत ल्याएर टंकप्रसाद खतिवडा र ४८१ मत ल्याएर पर्शुराम घिमिरे निर्वाचित भएका छन्् । उप–सभाापतिका अर्का प्रतिस्पर्धी रानु सुवेदीले ४४५ मत पाएकी छन् । यसैगरी सचिवमा ५०९ मत ल्याएर आशिष ओझा र ३३८ मत पाएर कृष्णकुमार सुवेदी निर्वाचित भएका छन । सचिवका अर्का प्रतिस्पर्धी बबिन्द्रप्रसाद न्यौपानेले ३२० मत पाएका छन् ।

वडा नं ४ मा विरेन्द्रप्रसाद यादवलाई पराजित गर्दै वर्तमान सभापति राजकुमार तवदार पुनः सभापतिमा निर्वाचित भएका छन्् । तवदारले २५७ मत ल्याउँदा यादवले भने १९० मत मात्र पाएका छन् । यस्तै उप–सभापतिमा ३४३ मतका साथ बालकराम राजवंशी र २४१ मत पाएर अर्जुन चुडाल निर्वाचित भएका छन् । सचिवमा राजेन्द्र भट्टराई र दिलीप चौधरी निर्वाचित भएका छन् ।

यसैगरि वडा नं. ५ मा २ मतको अन्तरले सुरेश श्रेष्ठलाई पराजित गर्दै प्रभाकर मानसिंह कार्की निर्वाचित भएका छन् । कार्कीले १०६ मत पाउँदा श्रेष्ठले भने १०४ मत ल्याएका छन् । सभापतिका अर्का प्रत्यासी रोमबहादुर भट्टराईले ९७ मत र काजीबाबु पोखरेलले ९१ मत पाएका छन् । विराटनगरको वडा नं. ६ कोे शुक्रबार भएको निर्वाचनको मत परिणाम भने हालसम्म सार्वजनिक भएको छैन् । मतदान सकिएर मतगणना जारी रहेको जनाईएको छ । वडा नं. ६ मा ४२१ जना क्रियाशीलमध्ये ३९५ ले मतदान गरेका छन् । सो वडामा वडा कार्यसमितिको सभापतिमा भने बद्री थापा, राम ढकाल, अमर श्रेष्ठको उम्मेदवारी परेको थियो । विराटनगरको वडा नं. ७ मा यसअघि नै सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो । सभापतिमा अशोक विष्टसहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका थिए ।

वडा नं. ८ मा भने मतगणना भईरहेको वडाध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार निश्चल आचार्यले बताए । उनले वडा नं. ८ मा कुल ४९८ क्रियाशीलहरु मध्ये ४४६ मत खसेको जानकारी दिए । वडा नं. ८ बाट वडा कार्यसमितिको सभापति पदका लागि भने अविराज कुँवर, सिर्जन आचार्य र दीपक भट्टराई उम्मेदवार छन् । सो वडाबाट क्षेत्रीय प्रतिनिधिमा भने निश्चल आचार्य, पुष्पराज आचार्य, नारायणबाबु कार्की, सुबोध रेग्मी र सम्पनु रेग्मी लगायत उम्मेदवार छन् । वडा नं. ९ र १० को कार्यसमिति पनि यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । वडा नं. ९ को सभापतिमा अनुजा कोईराला र वडा नं १० को सभापतिमा अर्जुन कार्की निर्विरोध निर्वाचित भएका छन् । यस्तै वडा नं. ११ मा वर्तमान सभापति रामसुन्दर राजवंशी पुनः सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै वडा नं. १२ मा वर्तमान सभापति हरिनारायण यादव दोश्रो कार्यकालका लागि पुनः वडा कार्यसमितिको सभापतिमा निर्वाचित भएका छन् । यादवले १७७ मत ल्याउँदा उनका प्रतिस्पर्धी डेढराज दाहालले भने मात्र ३० मत पाएका छन् । वडाको उप–सभापतिमा बिष्णुबहादुर श्रेष्ठ र अजित शर्मा तथा सचिवमा ज्ञानेन्द्र खड्का र अशेश्वर कामत निर्वाचित भएको जनाईएको छ ।

यसैगरी वडा नं. १२ बाट भने क्षेत्रीय प्रतिनिधिमा भेषराज पोखरेल, डा.टुनराज भट्टराई, मीनकुमार नवोदित, राजेन्द्र ढकाल, बाबुराम कट्टेल, शर्मिला अधिकारी, गुरुप्रसाद लामिछाने, गोविन्द पराजुली, मुना बुढाथोकी, लक्ष्मी शर्मा, ज्ञानेन्द्र राजवंशी, रमिला कोइराला, श्यामलाल कामत जयनारायण यादव, रक्षा यादव र शान्ता सरदार (थारु) निर्वाचित भएका छन् । सो वडामा चुनाव लडेका विद्यार्थी नेता हरि भट्टराई, महिला नेतृ रिता पोखरेल र ट्रेड युनियनकर्मी डिकप्रसाद घिमिरे भने क्षेत्रीय प्रतिनिधिमा पराजित भएको बताईएको छ ।

यस्तै वडा नं. १३ मा क्षेत्रीय प्रतिनिधिको खुला र वडा कार्यसमितिको सभापति बाहेक पुरै प्यानेल नै निर्विरोध निर्वाचित भएको छ । क्षेत्रीय प्रतिनिधिको र वडा कार्यसमितिको सभापति पदका लागि भने निर्वाचन भएको थियो । बुधबार भएको निर्वाचनमा सो वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वाधिक १०३ मत ल्याएर केशव रिजाल निर्वाचित भएका छन् । यस्तै वडा सभापतिमा भने ९८ मतसहित तारानाथ तिम्सिना निर्वाचित भएका छन् । सो वडाको उप–सभापतिमा केशरी प्र. घिमिरे र सुजलाल यादव तथा सचिवमा मुकुन्द घिमिरे र शरद सत्यात निर्वाचित भएका छन् । सो वडाबाट क्षेत्रीय प्रतिनिधिमा भने सजनलाल महतो, रञ्जित झा, कैशालपति देव र धुव्र रिजाल निर्वाचित भएका छन् ।

यस्तै वडा नं. १७ मा पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । वडा कार्यसमितिको सभापतिमा मोहम्मद एहसान, उप–सभापतिमा मोहन चौधरी र सकील एहमद तथा सचिवमा रामलाला बैठा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सो वडाबाट हसन अन्सारी, समिउल्लाह, सम्भु कुमार ठाकुर र रितादेवी बैठा लगायतका उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसका साथै वडा नं. १९ को वडा कार्यसमितिको सभापतिमा शेशराज राजवंशी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जितेन्द्र खवास भने २३ मतान्तरले पराजित भएका छन् । सो वडाको उप–सभापतिमा भने विनोद ऋषिदेव र बलुराम सरदार, सचिवमा श्री सरदार तथा सह–सचिवमा दीपक सरदार निर्वाचित भएका छन् । सो वडाबाट वसन्त हुमागाँई, देवकला ढुंगाना, राकेश राजवंशी, नमोनारायण चौधरी, उदय राजवंशी र दिपनारायण भगत भने क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बाँकी वडाहरुको अन्तिम मतपरिणाम प्राप्त हुन भने बाँकी रहेको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्