नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटी चयन

नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटी चयन

विराटनगर । नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटीको चयन भएको छ । आज नेकपा एमाले पार्टी पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले दिपक घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

नव गठित महानगर कमिटीमा आज ३७ जना चयन भएका छन् भने बाँकीलाई पहिलो बैठकले चयन गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । समितिको उपाध्यक्षमा प्रकाश पोखरेल र सचिवमा प्रताप कार्की चयन हुनुभएको छ । नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाले महानगरका १९ वटै वडालाई समेटेर महानगर कमिटी गठन गरेको हो ।

कार्यक्रममा महासंघका प्रदेश १ का संयोजक रोहित कोइरालाले खेलकुदको उर्वर भूमी मोरङ, अझ विराटनगर रहेको भन्दै तर यहि उर्वरभूमीमा लामो समयदेखि खेलकुदका गतिविधि हुन नसक्ने बनाइएको बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रिय सचिव वासु नेपाल, विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र नेउपाने, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइराला, महासंघका महानगर इन्चार्ज पर्वतराज निरौला मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर अध्यक्ष विज्ञान शर्मालगायतकाले नव निर्वाचितहरुलाई शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्