एन प्याब्सन विराटनगरको अध्यक्षमा ढुंगाना

<span class='c1'>एन प्याब्सन विराटनगरको</span> <span class='c2'>अध्यक्षमा ढुंगाना</span>

विराटनगर  ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)   विराटनगरको अध्यक्षमा पराग ढुंगाना निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्यक्षमा अरुण पण्डित रहेका छन् । समितिको अन्य सदस्यहरूमा सपन माझी, पंकज गुप्ता, एमडी हासिम र वैजनाथ गुप्ता रहेका छन् । कार्यक्रममा एन प्याब्सन मोरङका प्रमुख सल्लाहकार राजन छाराहाङ्ग, प्रदेश १ को अध्यक्ष जय बहादुर श्रेष्ठ, प्याब्सन विराटनगरको अध्यक्ष मोहन बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्