चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

<span class='c1'>चीनको सिचुवानमा पहिरो</span> <span class='c2'>जाँदा थुप्रै बेपत्ता</span>

छेन्द।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्।

आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसैगरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् ।

तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए। आइतबार बिहान पहिरामा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट एक सय भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्