खुल्ला समूहबाट चुनाब जित्ने युवा अभिषेक

खुल्ला समूहबाट चुनाब जित्ने युवा अभिषेक

सुभाष भण्डारी

युवाहरु राजनीति लाई फोहोरी खेल भन्दै राजनीतिमा बिरलै प्रवेश गर्ने गर्छन । तर त्यही फोहोर राजनीति लाई सुधार्छु भन्ने अठोट लिदै राजनिती मा होमिएका विराटनगरका एक युवा अभिषेक भट्टराई भने काङ्ग्रेसको गढ मानिने वडा नम्बर एकमा अत्यधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन ।

२३ बर्षिय अभिषेक कुल कृयाशिल ६८६ रहेको र ६१० मत खसेको १ नम्बर वार्ड मा खुला तर्फका २६ जना मध्ये ९ नम्बर मा २९३ मत ल्याएर बिजयी भएका हुन ।

काङ्ग्रेसका ठुला भनाउदा नेताहरु समेत खुलामा लड्न डराइ रहेको अवस्थामा भट्टराई भने निर्धक्क साथ खुला प्रतिस्पर्धा मा होमिएका थिए ।

१८ बर्षे युवा उमेर मा पुसेट क्याम्पसमा नेपाली काङ्ग्रेसको भातृ सङगठन नेपाल बिद्यार्थी संघको पुसेट इकाइ सचिबका रुपमा आफ्नो राजनैतिक जीवन सुरु गरेका भट्टराई हाल नेपाली काङ्ग्रेस प्रती आस्था राख्ने युथ काङ्ग्रेस मोरङ को जिल्ला सयोजकका रुपमा कार्यरत छन भने बिराटनगरको चर्चित युवाहरुको सस्था हामी युवा मार्फत आफ्ना सामाजिक गतिविधिहरुलाइ तिब्रता दिएका छन ।

पारिवारिक बाताबरणका कारण काङ्ग्रेस मा होमिएका भट्टराई को घर मा १५ बर्ष देखि वार्डको पार्टो कार्यलय रहेको थियो । त्यो समय मा आन्दोलन को स्थिती थियो । ६२ ६३ को जन आन्दोलन मा घरमा आन्दोलनका तयारी देखि कार्यकर्ताको चहलपहल सम्मले भट्टराई लाई राजनिती मा लाग्नु पर्छ समाज रुपान्तरण को बाटो मा जानू पर्छ भन्ने चेत को बिकास भएको थियो । यसरी बाल्यकाल मै विभिन्न आन्दोलनका साक्षी बनेका भट्टराई बि पि गणेशमान का किताबहरु पढ्दै हुर्किए । पार्टीका विभिन्न दस्तावेजहरु प्रती उनको चाख बढ्दै गएको थियो ।

केन्द्रिय राजनितीमा गगन थापालाइ आइडल मान्ने अभिषेक इन्जिनियरिङ को अन्तिम बर्षमा अध्यनरत छन । युवाहरु राजनितीमा आउनु पर्छ र देश लाई रुपान्तरणको बाटोमा लैजानु पर्छ भनेर नै आफु राजनीतिमा होमिएको अभिषेक बताउछन । राजनिती लाई अब युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्ने र त्यसका लागि नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा युवाको प्रवेश ले त्यो परिकल्पना पनि चाडै साकार हुनेमा भट्टराई बिश्वसत छन ।

राजनितीमा लाग्ने हुटहुटिका कारण आफ्नो ब्यक्तिगत इक्षाले उम्मेद्बारी दिएको बताउने भट्टराई आफ्नो योजनाहरु लिएर कृयाशिल सदस्यको माझमा जाँदै गर्दा आफुले फरक अनुभुती प्रापत गरेको बताउछन । पहिले अन्य उम्मेद्बारको कुरा सुनेर उनी हरुलाई प्रश्न गर्ने गरेको मा अहिले आफै उक्त स्थानमा बसेर प्रश्नको जवाफ दिन पाउँदा रोमान्चित महसुस हुने गरेको अभिषेकको भनाइ छ ।

काग्रेस अधिवेशनको देश ब्यापी माहोल हेर्दा युवा पुस्ता अब पुरानो पुस्तालाई प्रतिस्थापन गर्दै नया युगमा प्रवेश गर्ने चरण मा पुगेको र देश ब्यापी रुपमा युवाहरुको लहर आएका कारण अब चाडै नै काङ्ग्रेस युवाहरुको पार्टीका रुपमा विकसित हुने कुरामा उनी निर्धक्क छन । र तमाम देशका युवालाइ देशको सुनौलो भबिस्य निर्माण गर्नका लागि जुन सुकै पार्टीमा भए पनि राजनीतिमा होमिएर हस्तक्षेपकारी भुमिकामा प्रस्तुत हुन आवहान गर्छ्न ।

खुला तर्फ कान्छो प्रतिनिधिमा चुनाब लडेर जितेका कारण उनलाई देशका विभिन्न स्थानबाट फोन गर्दै बधाई दिनेको ओइरो छ । हामी सग कुरा गर्दै गर्दा पनि बिच बिच मा उनको फोन बजि रहेको थियो र एक छिन समय माग्दै फोनको जवाफ दिए पश्चात् हामी सग कुरा गर्न तयार हुन्थे तर केही मिनेटमा फेरि फोनको रिङ बजि हाल्थियो ।।

समग्रमा भन्नू पर्दा युवा राजनीतिमा आउनु सकारात्मक पाटो हो । निश्चय पनि अबका दिनमा युवाहरु ले राजनितीलाई नया दिशामा दौडाउने छन र देश बिकासको कडिमा एकबद्ध भएर काम गर्ने छन भन्ने बिश्वास सबै जनतामा पलाउदै गएको छ ।

अभिषेक जस्तै नयाँ नौजवान पुस्ता देश ब्यापी रुपमा राजनितीमा बिराजमान भएका छन ती सबै युवाहरुलाइ उज्ज्वल राजनैतिक जिवनको हाम्रो तर्फ बाट पनि शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्