इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

<span class='c1'>इरानले अफगानिस्तानमा मानवीय</span> <span class='c2'>सहायता सामग्री पठायो</span>

तेहरान।

इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो ।

यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्