भूकम्पबाट क्षतिग्रस्त ग्रिसको सबैभन्दा ठूलो टापु ‘क्रीट’मा प्रधानमन्त्रीको भ्रमण

भूकम्पबाट क्षतिग्रस्त ग्रिसको सबैभन्दा ठूलो टापु ‘क्रीट’मा प्रधानमन्त्रीको भ्रमण

एथेन्स।

ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गर्नुभएको छ । शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं भवनहरु क्षतिग्रस्त भएका छन् भने कैयौ व्यक्ति घरबारविहीन भएका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ७:४८ बजे बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यस क्षेत्रको भ्रमण गर्ने तयारी गर्नु भएको हो । प्रारम्भिक निरीक्षणबाट प्राप्त विवरणहरुका अनुसार सोमबार गएको यस भूकम्पबाट करिब एक हजार भवनहरु क्षतिग्रस्त भएका थिए ।

यस भूकम्पको केन्द्रविन्दु कृषिशहर अर्कलोचोरी नजिकै १० किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण चर्च भत्किएर एक व्यक्तिको मृत्यु हुनुको साथै करिब एक दर्जन अन्य मानिसहरु घाइते भएका थिए । आफ्नो घरलाई असुरक्षित मान्दै सयौं मानिसहरुका अहिले पनि त्रिपालमा बसेका छन् ।

भूकम्पपिडितहरुलाई दर्जनौं होटलका कोठाहरु पनि उपलब्ध गराइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि ग्रिसमा मार्च ३ मा पनि भूकम्प गएको थियो । त्यस भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दश घाइते भएका थिए भने भौतिक रुपमा ठूलो क्षति भएको थियो ।
– एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्