चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु,  कैयौँ बेपत्ता

गुयाङ।

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज साथै २ सय १४ जना उद्धारकर्ता लगायत परिचालन गरिएको छ ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्