भारतमा थप १८ हजार सङ्क्रमित थपिए

भारतमा थप १८ हजार सङ्क्रमित थपिए

नयाँ दिल्ली।

भारतमा थप १८ हजार ८ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १ सय ९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा ३ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७ सय ५१ पुगेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५ सय २० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १ सय ९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १ सय ८० पुगेको छ । ती मध्ये २८ हजार १ सय ७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमण मुक्त भएका हुन् ।

पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्