मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

उलान, बाटोर।

मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५ सय १५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १ सय ८५ पुगेको छ । मंगोलियामा करिब ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ । यहाँ दैनिक रुपमा २ हजार भन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्