बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

<span class='c1'>बेलायतमा एकैदिन ३४ हजारभन्दा</span> <span class='c2'>बढीमा कोरोना सङ्क्रमण</span>

लण्डन।

बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५ सय २६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।

तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन सङ्क्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १ सय ६७ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३ सय ७५ जना पुगेको पनि बताइएको छ ।

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्