मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर ः वकिल

मुद्दाको सुनुवाइले म्यानमारकी नेत्री सुकीको स्वास्थ्यमा असर ः वकिल

याङ्गुन ।

म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उहाँको वकिलले बताउनु भएको छ । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार ज्ुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेका लगायतका आरोप लगाइएको छ ।

उहाँले आफ्नो स्वास्थ्यको कारणले हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइको लागी निवेदन दिनु भएको उहाँका वकिल खिन माउङले बताउनु भएको छ । न्यायाधीशले उहाँको अनुरोधमा अर्को हप्ता निर्णय लिनुहुने वकिल माउङले बताउनु भएको छ ।

गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेतालाई सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

विद्रोह भएको आठ महिनापछि, जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहका अनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १ सय भन्दा बढी नागरिकको हत्या गरेका छन् ।
- एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्