लिबियामा संसदको निर्वाचन फेरी सर्यो

लिबियामा संसदको निर्वाचन फेरी सर्यो

त्रिपोली।

लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरी पछाडि सरेको छ । प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो । यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो ।

“राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि संसदीय निर्वाचन हुने भएको छ,” प्रतिनिधि सभाका प्रवक्ता अब्दुल्लाह ब्लेहिगले भन्नुभयो । राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले र अत्यावश्यक पनि भइसकेकाले राष्ट्रपतीय निर्वाचन भने यसअघि तोकिएकै समयमा गर्न लागिएको उहाँले बताउनुभयो ।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्