फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता

<span class='c1'>फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा </span> <span class='c2'> राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता</span>

मनिला।

फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिनु भएको हो ।

उहाँले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको जनाइएको छ ।आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो । उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो ।

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत हुनुभएको थियो । सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारि खसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । - सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्