फिलिपिन्सका उपराष्ट्रपति आगामी राष्ट्रपतिको निर्वाचनमा उठ्ने

फिलिपिन्सका उपराष्ट्रपति आगामी राष्ट्रपतिको निर्वाचनमा  उठ्ने

मनिला, फिलिपिन्स।

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उमेद्वारी घोषणा गरेकी हुन् ।

रोब्रेडोले यसअघि भनेकी थिइन् - उनी चुनाव लड्ने निर्णय गर्न सक्छिन् यदि पूर्व सिनेटर फर्डिनान्ड "बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा । मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतलेपराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् । फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ।
- एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्