अफगानिस्तानको एक मदरसामा विष्फोट ,एकको मृत्यु, १७ जना घाइते

अफगानिस्तानको एक मदरसामा  विष्फोट ,एकको मृत्यु, १७ जना घाइते

खोस्त, अफगानिस्तान।

अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो।

उक्त विष्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् । सो घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्