रुसमा विमान दुर्घटना: १६ जनाको मृत्यु, ७ जना घाइते

रुसमा विमान दुर्घटना: १६ जनाको  मृत्यु, ७ जना घाइते

मस्को |

रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । दुर्घटनाको कारण लगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्