ब्राजिलमा फेरि बढ्यो कोरोना सङ्क्रमण, एकैदिन १ सय ८२ जनाको मृत्यु

<span class='c1'>ब्राजिलमा फेरि बढ्यो कोरोना सङ्क्रमण, एकैदिन</span> <span class='c2'>१ सय ८२ जनाको मृत्यु</span>

साओ पाओलो।

ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा मात्र १ सय ८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ सय ८२ जनाको ज्यान गएको थियो ।

त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६ सय ८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ ।

यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्