भारतमा एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

भारतमा एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम

एएनआई।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १ सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या २ सय १५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १ सय ९३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७ सय ८२ पुगेको छ । महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६ सय ९१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३ सय ४७ पुगेको छ । यो सङ्ख्या २सय ९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै कुल सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४ सय ७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्