विराटनगरको एउटै मोबाइल पसलमा दोश्रोपटक चोरी

विराटनगरको एउटै मोबाइल पसलमा दोश्रोपटक चोरी

विराटनगर । विराटनगर-९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको छ ।

सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको हो । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका छन् । ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताए । उनले ब्याट्री, चार्जर, यु.एस.बी केवल र ब्याक कभर लगायत मोबाईलका अन्य सामाग्रीहरु पनि चोरी भएको जानकारी दिए । शनिबार बिहान ११ बजेतिर पसल खोल्दा चोरीबारे थाहा पाएको उनको भनाई छ ।

हिमालय रोडमा अवस्थित उक्त पसलमा गतवर्ष असारमा पनि चोरी भएको थियो । पसलको देब्रेतिर रहेको सटर काटेर चोरहरुले झण्डै १७ लाख मुल्य बराबरको ५० वटाभन्दा बढी स्मार्टफोनहरु चोरी गरि लगेका थिए । प्रहरीले चोरीको मोबाईल खरिद गर्ने २ जनालाई पक्राउ गरि मात्र ३ वटा फोन बरामद गरेको थियो । तर, चोरीमा संलग्नहरु भने हालसम्म पनि पक्राउ परेका छैनन् ।

यसपटक पनि गतवर्षको चोरीमा सलंग्नहरुले नै चोरी गरेको हुनसक्ने सञ्चालक राईको आशंका छ । चोरी गर्ने प्यार्टन उस्तै रहेकाले आशंका गर्ने ठाउँ पर्याप्त रहेको उनको भनाई छ । ‘गतवर्ष पसलको देब्रेतिर पछाडिपट्टीको सटर काटेर उनीहरु भित्र पसेका थिए । यसपटक पनि सोही सटर काटेर भित्र भएको प्लाइ बोर्डको पार्टिसन फुटाएर पसलभित्र छिरेका रहेछन्,’ उनले भने, ‘यसमा कोही चिनजानकै व्यक्तिको संलग्नता देखिन्छ ।’

प्रहरीले घटनास्थल नजिकै एउटा जेब्रा झोला समेत बरामद गरेको छ । झोलामा शुक्रबार राती चोरी गरिएका मोबाईलका खोल र अन्य सामाग्रीहरु फेला परेका छन् । घटनामा संलग्नको पहिचान हुन नसकेको हुनाले उनीहरुको खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गतवर्षको चोरीलाई समेत आधार बनाएर घटनाको सुक्ष्म अनुसन्धान थालिएको छ ।

यसअघि पनि विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउबाटै हातहतियार सहित आएका ३ जनाको समुहले कोटेक्स ट्रेडिङको एक गार्मेन्ट पसल लुटपाट गरेका थिए । पेस्तोल सहित आएका उनीहरुले १२ हजार नगद र ४ वटा मोबाईल लुटेर लगेका थिए । लुटपाटमा संलग्न सोही समुहले मोरङको धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंक समेत लुटेका थिए । उक्त लुट प्रकरणमा संलग्न ९ जनामध्ये मुख्य योजनाकार सहित ४ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । तर,  बाँकी ५ जना अझैपनि फरार छन् । लुटको रकम भने हालसम्म बरामद गर्न सकिएको छैन् ।

यो पनि पढ्नुहोस : कर्सियाको सिटिजन्स बैंक र विराटनगरको गार्मेन्ट पसल लुटने समुह एउटै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्