कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी दिइने

<span class='c1'>कतारमा अवैध रूपमा बस्दै</span> <span class='c2'>आएका नेपालीलाई आममाफी दिइने</span>

सीता शर्मा

गाेरखापत्र

काठमाडौँ, कात्तिक ७ गते । कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ ।

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले गरेको हो । कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध भई काम नियमित गर्ने वा स्वदेश फर्कने दुुवै विकल्प खुला गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अवैध भएका नेपाली नागरिकले २०७८ असोज २४ देखि पुस १६ सम्म घोषणामा उल्लेखित विभाग तथा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्नसक्ने छन् । यद्यपि साढे तीन लाख नेपाली कार्यरत रहेको कतारमा कति नेपाली अवैध रूपमा बस्दै आएका छन्, त्यसको तथ्याङ्क छैन ।

विभिन्न कारणले लामो समयदेखि बिनाकागजात काम गरिरहेका श्रमिकलाई कुनै रोजगारदाता कम्पनीबाट ‘जब अफर लेटर’ लिई आवश्यक कागजातसहित तोकिएका सेवा केन्द्रबाट वैधानिक हुन सक्ने व्यवस्था गरिएको पनि दूतावासले जानकारी गराएको छ ।
यसका लागि कतार सरकारले तोकेका पाँचवटा सेवा केन्द्रमा गएर हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिने व्यवस्था रहेकाले यस अवसरलाई सदुुपयोग गर्न दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
रोजगारी सुनिश्चित नभएकाको हकमा स्वदेश फिर्ता सहजीकरणका लागि सर्च एन्ड फलो अफ डिपार्टमेन्ट (एसएफडी)मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वेदश फर्केने व्यवस्था गरेको छ ।

यसैगरी भ्रमण भिसामा कतार आएका तर भिसाको म्याद समाप्त भई कतार बसाइ अवैध भएकाको हकमा समेत नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएफडीमा उपस्थित भएमा हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कन दिइने व्यवस्था रहेको दूतावासले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्