टि२० विश्वकप : पाकिस्तानसँग हार्यो भारत

टि२० विश्वकप : पाकिस्तानसँग हार्यो भारत

जारी टि २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । सुरुवातबाट नै उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तानले १० विकेटको अन्तरले जित हासिल गरेको हो ।

पहिले ब्याटिगं गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५१ रन जोडेको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन ऋषव पन्तले ३९ रन जोडेका थिए अरु ब्याट्सम्यानले राम्रोसँग खेल्न सकेनन् । पाकिस्तानको तर्फबाट पहिलो ओवर बलिंगमा आएका साहिन अफ्रिदिले चौथो बलमै रोहित शर्मालाई शुन्य रनमा पवेलियन फर्काए भने तेस्रो भोवरमा पुन: के एल राहुललाई आउट गरे ।
पाकिस्तानका लागि साहिनले ३ , हसन अलिले २ र शदब खान तथा हरिस रौफले समान एक एक विकेट लिएका थिए ।
जवाफमा १ सय ५२ रनको टार्गेट लिएर मैदानमा उत्रिएको पाकिस्तानले १७ ओभरमा कुनै विकेट नगुमाई निर्धारित लक्ष्य हासिल गरेको थियो । पाकिस्तानका लागि ओपनर आएका कप्तान बाबर आजम र मोहम्मद रिजवानले नटआउट रहँदै क्रमश ६८ र ७९ रन प्रहार गरेका थिए ।
खेलको म्यान अफ दि म्याच साहिन अफ्रिदि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्