भासिदैछ विराटनगर बजार क्षेत्रमा राजमार्ग

<span class='c1'>भासिदैछ विराटनगर बजार</span> <span class='c2'>क्षेत्रमा राजमार्ग</span>

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हुने गरि डाँडाकाँडा बनेको हो ।

त्रिदेशीय लाइफलाइन वा व्यापारिक मार्गको रुपमा परिचित यो सडक निर्माणाधिन चरणमै छ । ठेकेदारसँग सम्झौता गरेका आधारमा छ लेन सडक आयोजनालाई हस्तान्तरण भईनसक्दै सडकमा खाल्डाखुल्डी पर्न थालेको हो ।
सडकको भारवहन क्षमता भन्दा दोब्बर वजन बोकेका मालवहाक सवारी गुडेका कारण भासिने गरेको, आयोजना इटहरीका प्रमुख बद्री शर्माको दावी छ । विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक करिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमता भन्दा दोब्बर वजन बोक्ने भएपनि त्यसको नियमन र नियन्त्रण नहुने आयोजनाको बुझाई छ । देशैभरी बनेका सडकको भारवहन क्षमता दश टन मात्रै छ । विराटनगरमा १६ टनदेखि २० टनसम्मको वजन भएका मालवहाक सवारी गुड्दा समेत ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय मौन बस्ने गरेको र सडक प्रयोग व्यवस्थापन समेत नगरेको आयोजनाले आरोप लगाएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर रानी–तरहराको ३४ किलोमिटर दुरीमध्ये ३२ किलोमिटरमा कालोपत्रेको काम सकिएको छ । छ लेन सडक आयोजना इटहरीले रानी–धरानको ४९ किलोमिटर दुरीमध्ये दुहबी बजार क्षेत्रको दुईकिलोमिटर र धरान बजार क्षेत्रको पाँच किलोमिटर बाहेक ८० प्रतिशत काम सम्पन्न गरेको हो ।
निर्माणाधिन सडकमा भारवहन क्षमता भन्दा बढी भार (वजन) भएका सवारीको आवागमनको व्यवस्थापन छैन । छ लेन सडकको केन्द्रभागको डिभाइडरबाट दायाँ–बाँया ३–३ लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछिबीचको भाग साना सवारी गुड्ने गरेको र सडकको केन्द्रभागबाट ठुला मालवहाक लगातार गुड्दा भासिएको आयोजना प्रमुख शर्माको बुझाई छ । सडक निर्माण गर्ने काम आयोजनाले गरेपछि त्यसको प्रयोग व्यवस्थापन गर्ने निकायले ध्यान दिनुपर्नेमा शर्माले जोड दिनुभयो ।

यसका लागि आफूले सम्बन्धित निकाय यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेपनि त्यसको सुनुवाई नभएको शर्माले बताउनुहुन्छ । भारवन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो, शर्माले भन्नुभयो–२० टन वजन भएका सवारी एउटै लेनमा गुडिरहेपछि भासिन र भत्किने समस्या दोहोरिएको छ । राजमार्गबाट सडकको पार्किङ हटाएर सवारीलाई गुड्ने क्षेत्र बनाउनुपर्ने भएपनि प्रयोग व्यवस्थापन कमजोर भएको जिकीर शर्माले गर्नुभयो ।

सरकारको दश अर्ब ९८ करोड रुपिँया लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक मार्गको हाल ४२ किलोमिटरमध्ये ३२ किलोमिटर (रानी–तरहरा) सडक खण्डको कालोपत्रे सकिएको हो । तरहरा–धरान तीनकुनेसम्मको नौ किलोमिटरको काम धमाधम जारी रहेको छ ।
सुनसरीको दुहवीस्थित बुढीखोलाको पुलसहित सडक निर्माणको काम १५ वटा च्यानेजमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्