मकाउमा रहेका नेपाली दिपावलीमा फुटसल खेलेर रमाउने

मकाउमा रहेका नेपाली दिपावलीमा फुटसल खेलेर रमाउने

विराटनगर । गैर आवासीय नेपाली संघ मकाउले दुईदिने अन्तर मकाउ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मकाउको ताइपा हक्की मैदानमा हुने प्रतियोगितामा १२ वटा नेपाली टोलीको सहभागिता रहने एनआरएन मकाउका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिदै अध्यक्ष प्रसाईले मकाउमा कार्यरत नेपालीहरु मात्र सहभागि टोलीमा रहने जानकारी दिए ।

कोभिड १९ बाट खुम्चिदै आएका नेपालीहरुलाई खेलकुदको माध्यमबाट पुर्नताजगी गराउने उद्धेश्यसहित प्रतियोगिता गराइएको प्रसाईले जानकारी दिए । करिब ३ हजार ५ सयको संख्यामा नेपालीहरु रहेको मकाउमा सबैले सिनोफार्मको डबल डोज खोप लगाइसकेको उनको भनाई छ । मकाउमा एनआरएनबीच पहिलोपटक फुटसलको आयोजना गरिएको बताएका उनले प्रतियोगिताको चाडपर्वका क्रममा सौहार्दता र सद्भाव बढाउनेमा विश्वस्त रहेको बताए ।

बिहीबार र शुक्रबार हुने प्रतियोगितामा विजयी टोलीले २ हजार ५ सय हंगकंग डलर पुरस्कार र ट्रफी पाउने प्रतियोगिता एवं एनआरएन युवा संयोजक अमृत गुरुगले जानकारी दिए । प्रतियोगिता प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने बताएका संयोजक गुरुंगका अनुसार प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उच्च गोल स्कोरर र उत्कृष्ट खेलाडीलाई नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा उपविजेता हुने टोली १ हजार ५ सय हंगकग डलर र ट्रफी हात पार्नेछ । प्रतियोगितामा सहभागि भएका टंक लिम्बुका अनुसार प्रतियोगिता आयोजनाले एकोहोरो कार्यमा ब्यस्त हुदै आएका नेपालीलाई फ्रेस बनाउने बताए । चाडपर्वमा घरबाट टाढा रहेकाहरुलाई खेलको माध्यमबाट नजिक ल्याउन मद्धत गर्ने बताएका उनले समय समयमा प्रतियोगिता हुदाँ सबै कार्यरत नेपालीलाई फरक अनुभूति बनाउने बताए ।
नक आउटका आधारमा हुने प्रतियोगितामा सहभागिताका लागि नेप्लीज हर्ट एफसी, गोर्खाज एफसी(ए), गोर्खाज एफसी(बी), टाइगर एकता एफसी, गोर्खा एफसीसी, मादी बी १३, मकाउ प्रिजन एफसी, नेपाली हेल्पिंग एफसी, पोखरा मकाउ, जय नेपाल एफसी, न्यू ट्रस्ट एफसी, गैर आवासीय नेपाली मकाउको सहभागिता रहने संयोजक गुरुंगले जानकारी दिए । सहभागि सबै टोलीमा बैदेशिक रोजगारीका क्रममा मकाउमा कार्यरत नेपालीहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्