पुल बनेपछि कलकत्ता यतै छ – ‘ज्येष्ठ नागरिक’

<span class='c1'>पुल बनेपछि कलकत्ता यतै</span> <span class='c2'>छ – ‘ज्येष्ठ नागरिक’</span>

नवीन शिशिर विक/गाेरखापत्र
बागलुङ । बागलुङ नगरपालिका–३ देउराली चोक निवासी ८२ वर्षीय दलबहादुर खड्काथोकी धमाईलो (घाम लागेको बेला) दिन हुँदाको अधिकांश समय बागलुङ–पर्वत जोड्ने कालीगण्डकी झोलुङ्गे पुल आसपासमा भेटिनुहुन्छ ।

मौसम सफा भएको दिन पानी नपर्ने जस्तो लागेका खाना खाएर दिन काट्न पुलतिर गएर बस्ने गर्नुहुन्छ । बागलुङ तर्फको पुलको मुखमा निर्माण भएको पर्खालमाथि सिँढीमा बसेर दिनभर पुल हेर्न र वारपार गर्न आउने आन्तरिक तथा बाह्यक पर्यटकको चहलपहल हेर्दै सजिलै दिन काट्न थाल्नुभएको हो ।
घरमा एक्लै बस्नु भन्दा हिँडेर पुलसम्म पुग्दा शारीरिक अभ्यास पनि हुने, सजिलैसँग दिन पनि घचेट सक्ने भए पनि घाम लाग्दाको दिन लठ्ठीको सहायताले साथमा छाता लिएर पुलमा पुग्ने गरेको खड्काथोकी भनाइ छ । ‘घरमा एक्लै घुमघुम्ती बस्दा पनि दिन काट्न मुस्किल हुन्छ’ उहाँले भन्नुभयो–‘पुलमा आएपछि यताउति हेर्दाहेर्दै रात परेको पत्तो हुँदैन ।’

पुलले आफ्नो पुस्तादेखि, नानी पनातीसम्मको पुस्ताका गतिविधी, हाउभाउ, चहलपहल देख्न सकिने भन्दै उहाँले भन्नुभयो–‘ पुल बनेपछि कलकत्तै यतै बनेको छ हाहाहाहा.... ।’ ज्येष्ठ नागरिकलाई बसाइँको लागि भौतिक संरचना तयार गर्न सके राहत मिल्ने उहाँको भनाइ छ ।

कालीगण्डकी नदीमाथि निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा निषेधाज्ञा खुला भए पछि दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन गरेका छन् । ‘नवदुर्गा सुरु भएदेखि यता पुलमा आउनको संख्या धेरै छ’ खड्काथोकीले भन्नुभयो–‘खासै गिन्ती त आउँदैन दैनिक पाँच÷छ बीस मान्छे आउँछन् जस्तो लाग्छ ।’

पुराना पार्टी, पौवा र चौपारा मासिएपछि बजारको तल्लो क्षेत्रका ज्येष्ठ नागरिक गर्मीमा सितल वा जाडोमा पारिलो घाम ताप्ने पुल क्षेत्रमा पुग्ने गर्छन् । बागलुङतर्फको भागमा रहेको सहिद पार्कमा बस्न मिल्ने र बालबालिकाको लागि सामान्य खेलकुदको लागि उद्यान छ ।
पुलमाथि फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउनेदेखि कालीगण्डकी वारपार गर्ने पारखी एक पटक पुलमा पुग्ने गरेका छन् । पुलको विषयमा धेरै सुनेको थिएँ हेर्ने र तर्ने मौका मिल्यो’ रामेछापदेखि बागलुङ ससुराली आउनुभएका विष्णु विकले भन्नुभयो–‘काली नदीमाथि बनेको लामो पुल आकर्षक रहेछ ।’
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।
यो पुलमा मोटरसाईकल प्रयोग निषेध गरिएको छ ।

झोलुङ्गे पुलमा सम्भव भएसम्म बीचभागबाट पैदलयात्री हिडने आग्रह गर्नुका साथै पुल हल्लाउने र पुलमा दौडिने काम नगर्न निर्माण कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्