मंगोलियामा एक दिनमा सवैभन्दा थोरै नयाँ सङ्क्रमित

<span class='c1'>मंगोलियामा एक दिनमा सवैभन्दा</span> <span class='c2'>थोरै नयाँ सङ्क्रमित</span>

मंगोलियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो सङ्ख्या मे १८ पछिकै सवैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन । मंगोलियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ ।

त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोप अभियान र जनचेतनामुलक अभियान तिव्र रुपमा चलाइएकाले महामारीको प्रभाव कम हुदै गएको बताइएको छ ।

मंगोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्