पर्यटनमा कोरोना संन्त्रासको प्रभाव : समग्रमा ६० प्रतिशत घटे, तेस्रो मुलुकका ९२.४ प्रतिशत

पर्यटनमा कोरोना संन्त्रासको प्रभाव : समग्रमा ६० प्रतिशत घटे, तेस्रो मुलुकका ९२.४ प्रतिशत

विराटनगर । कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष प्रदेश १ मा पर्यटक आगमनमा ६० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷२०७८ अनुसार प्रदेश १ मा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोरोनाले ठूलो असर परेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समिक्षा वर्षमा ५९.७ प्रतिशतले पर्यटक आगमन घटेको नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । बैंकका निर्देशक सत्येन्द्र तिम्सिनाका अनुसार पर्यटन क्षेत्रको छुट्टै अध्ययन गरेर विस्तृत प्रतिवेदन सार्वजानिक गरिनेछ । राष्ट्र बैंक विराटनगर कार्यालयले गत कार्तिक १७ गते सार्वजानिक गरेको अघिल्लो र गत वर्षको प्रतिवेदनमा तीन क्षेत्रको अध्ययन गरिएको थियो । प्रदेश १ का १४ जिल्लामध्ये ११ जिल्लामा स्थलगत र तीन जिल्लामा गैह्रस्थलगत अध्ययन गरिएको निर्देशक तिम्सिनाले जानकारी दिनुभयो । कृषि, उद्योग र सेवा तथा पूर्वाधार क्षेत्रको अध्ययन गरेर प्रतिवेदन सार्वजानिक गरिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधीमा पर्यटक आगमन १८.१ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ९२.४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १८.६ प्रतिशतले मात्रै घटेको थियो ।
निर्देशक तिम्सिनाले समग्र क्षेत्रको विस्तृत अध्ययन गरेर प्रतिवेदन सार्वजानिक गर्ने योजना रहेको बताउनुभयो । गत आर्थिक वर्ष विस्तृत अध्ययन प्रतिवेदन सार्वजानिक गर्नका लागि असजिलो भएको थियो । प्रदेश १ मा कोरोनाको संन्त्रास घट्दै गएपछि पर्यटक आगामन सुधारोन्मुख रहेको छ ।

कोरोना महामारीको अवधीमा पर्यटकीस्तरका होटल व्यवसाय विस्तारको क्रम शून्यमा रहेको प्रतिवेदनमा उल्लेख छ । निर्माणसम्पन्न भएका होटल सञ्चालनमा आउन सकेका छैनन् ।
गत आर्थिक वर्षमा होटलहरुको औसत अकुपेन्सी दर २२.३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा ३३.९ प्रतिशतले घटेको उल्लेखछ । प्रदेश १ मा समग्र पर्यटक आगमनको संख्या १०.७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अकुपेन्सी दर ३३.९ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्ष प्रदेशको कुल पर्यटक आगमन संख्या १०.७ प्रतिशतले घटेको देखिन्छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधीमा ६७.७ प्रतिशतले घटेको उल्लेख गरिएको छ ।
छिमेकी मुलुक भारतबाट अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष १४.४ प्रतिशतले पर्यटक आगमनको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ८७.८ प्रतिशतले भारतीय पर्यटक आगमनको संख्या घटेको थियो । विराटनगर र काकडभिट्टा नाकामा खुलुक गरिएसँगै भारतबाट आउने पर्यटकको संख्या पुनः बढ्न थालेको उल्लेख गरिएको छ । तर, चीनबाट आउने पर्यटकको संख्या निक्कै कम भएको छ ।
तेस्रो मुलुकबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष पर्यटक आगमनमा केहि बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा ९७.७ प्रतिशतले घटेको पर्यटक आगमनमा गत वर्ष केहि सुधार भएको उल्लेख गरिएको हो । गत आर्थिक वर्षमा पर्यटकस्तरीय होटलमा आन्तरिक पर्यटकको संख्या १२.७ प्रतिशत घटेको छ तर अघिल्लो आर्थिक सोही अवधीमा ६२.३ प्रतिशतले घटेको थियो ।
गत आर्थिक वर्षमा पर्यटकस्तरीय होटलमा कार्यरत २.७ प्रतिशत कर्मचारीले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २४.६ प्रतिशतले रोजगारी गुमाएका थिए ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनको सारसंक्षेप
१) कोभिड – १९ को महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र प्रदेश नं। १ मा बन्दाबन्दी
तथा निशेधाज्ञा खुकुलो भएसँगै केही सुधारोन्मुख अवस्थामा रहेको देखिन्छ । महामारीको अवधिमा
पर्यटकस्तरीय होटल व्यवसायको विस्तार शून्य रहेको देखिन्छ भने निर्माणसम्पन्न भएका पर्यटकस्तरीय होटल
समेत सञ्चालनमा आउन सकेका छैनन्।
२) समीक्षा वर्षमा प्रदेश नं। १ मा होटलहरुको औसत अकुपेन्सी दर २२।३ प्रतिशतले घटेको देखिन्छ भने अघिल्लो
आर्थिक वर्षको सोही अवधिमा यस्तो अकुपेन्सी दर ३३।९ प्रतिशतले घटेको थियो ।
३) यस प्रदेशको कुल पर्यटक आगमन संख्या १०।७ प्रतिशतले घटेकोदेखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही
अवधिमा यस्तो संख्या ६७।७ प्रतिशतले घटेको थियो ।
४) समीक्षा वर्षमा चीनबाट आउने पर्यटकको संख्या सवैभन्दा बढी घटेको देखिन्छ । भारतबाट आउने पर्यटकको
संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १४।४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही
अवधिमा भारतवाट आउने पर्यटकको संख्या ८७।८ प्रतिशतले घटेको थियो ।
५) अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तेस्रो मुलुकबाट आएका पर्यटकको संख्या केही वृद्धि भएको
देखिन्छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९७।७ प्रतिशतले घटेको थियो । समीक्षा
वर्षमा पर्यटकस्तरीय होटलमा आन्तरिक पर्यटकको संख्या १२।७ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो आर्थिक
वर्षको सोही अवधिमा आन्तरिक पर्यटकको संख्या ६२।३ प्रतिशले घेटेको थियो ।
६) विराटनगर तथा काँकडभिट्टा नाकामा आवागमन केही खुकुलो भएसँगै भारतीय पर्यटकको संख्यामा वृद्धि
भएको देखिन्छ ।
७) समीक्षा वर्षमा पर्यटकस्तरीय होटलमा कार्यरत २।७ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन्भने अघिल्लो
आर्थिक वर्षको सोही अवधिमा २४।६ प्रतिशतले रोजगारी गुमाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्