भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

<span class='c1'>भारतमा भारी बर्षाका कारण पाँचको</span> <span class='c2'>मृत्यु, कैयौं घरमा क्षति</span>

भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ ।

सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो
प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

तामिल नाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा परेको मौसम विभागले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताहरुले उद्धारको कार्य गरेको पनि मन्त्री रामचन्द्रनले जानकारी दिनुभयो । मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकोबीचमा पनि तामिल नाडुमा अर्को ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्