चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो ।

उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिनुभएको छ ।

यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध, दुई देशबीचको द्धिपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।

सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्