डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

एजेन्सी । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिनुभएको छ । उहाँले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताउनुभयो ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्