पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

<span class='c1'>पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र</span> <span class='c2'>र फ्रान्समा पनि भेटियो ओमिक्रोन</span>

एजेन्सी । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् ।

फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिनुभयो । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उहाँले बताउनुभयो । त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गर्नु भएको हो । “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उहाँले भन्नुभयो ।

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्