साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो

साइबेरियाको खानीमा मिथेन विष्फोट हुँदा घाइते हुनेको संख्या ९६ पुग्यो

एजेन्सी । साइबेरियाको केमेरोभो क्षेत्रको लिस्टभ्याज्नाया खानीमा मिथेन विष्फोटमा घाइते हुनेहरूको संख्या बढेर ९६ पुगेको छ ।

यहाँस्थित आपतकालीन सेवाका प्रवक्ताले स्पुतनिकलाई बताए अनुसार खानीमा भएको दुर्घटनामा ४३ खानी उद्धारकर्तासहित ९६ जना घाइते भएका छन् ।
‘मंसिर २५ गते बिहानै लिस्टभ्याज्नाया खानीमा धुवाँ निस्किएको थियो र त्यहाँ रहेका २ सय ८५ जना मध्ये अधिकांशलाई बाहिर निकालिएको थियो।
प्रारम्भिक तथ्याङ्क अनुसार एक्कासि मिथेन विष्फोट भएको थियो । उक्त दुर्घटनामा कुल ५१ जना मारिएका छन् ।

ती मध्ये ४६ खानीमा कार्यरत थिए भने अन्य पाँच जना खानी उद्धारकर्ता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्