प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईकोे दाबी

प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईकोे दाबी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले खेलकूदलाई प्रविधिसँग जोडेर व्यवसायीकरण गरी आयआर्जनको माध्यम बनाउनमा विशेष ध्यान दिईने बिषयमा जोड दिए ।

मुख्यमन्त्री राईले तेक्वाण्डोले दक्षिण एशियाली खेलकुद र एसियन खेलकुुद प्रतियोगितामा नेपालले सबैभन्दा धेरै पदक जित्न सफल भएको स्मरण गराउनुहँुदै ओलम्पिक प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ कार्य गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले प्रदेशका दुर्गम क्षेत्रमा खेलकुद सामाग्रीको अभावका कारण खेलाडीहरुको प्रशिक्षणमा समस्या भएको चर्चा गर्दै आगामी दिन सरकारले यसका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रदेशका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि कानून परिमार्जन गर्ने विश्वास दिलाए । आईटिएफ तेक्वाण्डोका प्रदेश अध्यक्ष प्रवीणकुमार कार्की, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य महेश रेग्मी, आइटिएफका प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी र रविन नगरकोटीले राष्ट्रको पहिचान दिलाउन तेक्वाण्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश उत्कृष्ट महिला खेलाडीमा झापाकी दीक्षा लिम्वु, पुरुष खेलाडीमा झापाका मिशन श्रेष्ठ, प्रशिक्षकमा मोरङका राजेन्द्र धिमाल, उदयमान प्रशिक्षक नितेश खवास, उत्कृष्ट जिल्लामा सुनसरी र उत्कृष्ट डोजाङमा मोरङको कानेपोखरीलाई सम्मान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्